Monday, June 18

Rip.. दुर्घटनग्रस्त युएस बंगला विमानका चालक पृथुला रशिदको मृत्यु जादा जादै यस्तो भनेर तिन करोड नेपालीलाई रूहाएर गईन !

काठमाडौँ – दुर्घटनग्रस्त युएस बंगला विमानका चालक पृथुला रशिदको मृत्यु भएको पुष्टि भएको छ।काठमाडौं मेडिकल कलेजले अस्पतालमा मृत अवस्थामा ल्याइएकाहरुको नामावली सार्वजनिक गरेकाे छ जसमा पृथुलाकाे नाम समावेश छ।यसैगरी चालक दल सदस्य ३५ वर्षीय ख्वाजा हुसेन र इन्जिनियर रकिबुल हुसेनको पनि मृत्यु भएको छ। दुवैकाे केएमसी अस्पतालमा मृत्यु भएकाे हाे।केएमसीमा मृत्यु भएका ८ मध्ये ६ को नाम खुलेको हो। मृत्यु हुनेमा नेपालीहरु हरिसंकर पौडेल, प्रविन चित्रकार,सजना देवकोटा रहेका छन। अन्य दुईको नाम ठेगाना खुल्न सकेको छैन।
साेमबार दिउँसाे युएस बंगलाकाे विमान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा कम्तिमा ५० जनाकाे मृत्यु भएकाे छ। मृतककाे संख्या बढ्न सक्ने सम्बन्धित अधिकारीहरूले जनाएका छन्।

विमान दुर्घटनामा पर्नु अगाडी यस्तो स्ट्याटस लेखेर विदा भइन् सजना

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा परेकामध्ये अधिकांस नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी भएको खुलेको छ । उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए ।

प्राप्त जानकारी अनुसार योङ ट्राभलमा कार्यरत कर्मचारी सजना देवकोटाको पनि निधन भएको बताइको छ । उनी बाहेक हरि शंकार पौडेल र प्रविन चित्रकारको पनि निधन भएको छ । दुर्घटनामा पर्नु अघि उनले सोहि विमानको एक कार्यक्रमको तस्विर हाल्दै खुसी बाँडेकि थिइन् ।काठमाडौं । सोमबार काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकलाई ‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले तत्काल अवतरण नगरी होल्ड गर्न भने पनि चालकको अटेरीका कारण दुर्घटना भएको विमानस्थलले जनाएको छ ।

‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले विमानलाई दक्षिणबाटै अवतरण गराउन भने पनि चालकले उत्तरतिरबाट अवतरण गराउन खोज्दा दुर्घटना भएको विमानस्थलका एयर ट्राफिक र पाइलटबीच भएको कुराकानीले पनि स्पष्ट देखाएको छ ।अन्तर्राष्ट्रिय उडानका विमान प्रायः दक्षिणतर्फ अर्थात

विमान दुर्घटना को कारण यस्तो पो रहेछ

त्रिभुवन विमानस्थलमा सोमबार साँझ भएको युएस बंगला एयरको विमान दुर्घटनामा उद्दार गरिएका दुई जना यात्रुलाई नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको छ ।अस्पतालका अधिकारी आरपी मैनालीका अनुसार दुई जना घाइतेलाई अस्पताल ल्याइएको हो । उनीहरुको शरीर जलेको अवस्थामा रहेको छ र हाल इमर्जेन्सीमा उपचार भइरहेको छ । चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस बंगलाको बीएस २११ कल साइन भएको एयर क्राफ्ट सोमबार दिउँसो अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।

बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे । ‘विमानमा चालकदलका ४ सदस्यसहित ७१ जना सवार रहेको जानकारी आएको छ ’, उनले रातोपाटीसँग भने, ‘आगलागी भएको जहाजबाट १४ जना यात्रुलाई बाहिर निकालेर उपचारका लागि पठाइएको छ ।’

काठमाडौँ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमान दुर्घटनाका कारण :

– विमानस्थलले जिरो टु बाट अवतरणका लागि अनुमति दियो । – यो भनेको विमानस्थलको उत्तरतिरबाट अवतरण गर्ने अनुमति हो ।– पाइलटले जानेर वा अनजानमा टु जिरोबाट अवतरण गराउन खोजे ।

– गलत दिशातिरबाट अवतरण गराउन खोजेपछि विमानस्थलले ‘केही समस्या छ भनेर सोध्यो ?’– त्यसपछि विमान आकाशमा नै दुई फन्को लगायो ।– फेरि टावरले ‘आर यु ओके ?’ भनेर सोध्यो ।– पाइलटले ‘वि आर ओके’ भन्यो । – तर, पनि विमानको अलाइन्मेन्ट मिलेको थिएन । – त्यसपछि जिरो टुबाट ल्याण्ड गराइयो ।

– विमान नेपाली सेनाको ह्याङ्गर नजिकबाट चिप्लिएर धवनमार्ग बाहिर गयो ।– त्यहाँ पार्किङ गरिएका विमानलाई केही भएन ।– तार भत्काउँदै खाल्डोमा गयो ।– हामी विमानको गलत अवतरणमा स्टान्डबाई थियौँ । – तत्कार उद्दार सुरु भयो ।
– साढे चार बजेसम्म उपचारका लागि अस्पताल पठाइएका २५ जना मध्ये ८ जनाको मृत्यु भएको छ । दुई जना सामान्य उपचार पछि घर गए ।

यूएस-बांग्ला एअरलाइन्सको यात्रुवाहक विमान दुर्घटनामा परी विमानमा सवार ४९ जना व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन्।

सत्सट्ठी यात्रु र चालक दलका चार सदस्यसहित ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान सोमवार अपराह्ण दुई बजे अवतरणका क्रममा काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले दुर्घटनास्थलमा ४० जनाको शव भेटिएको र उपचारका क्रममा नौ जनाको विभिन्न अस्पतालमा मृत्यु भएको जानकारी दिए।विमानस्थलमा खटिएका प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार विमानको भग्नावशेषमा खोजी गर्दा हराएका भनिएका थप आठ जनाको शव भेटिएपछि हताहत हुनेको संख्या बढेको हो।

छानबिन हुने

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा उद्धारकार्यबारे बुझ्न दुर्घटनास्थल पुगेका थिए।सामाजिक सञ्जाल ट्विटरमा दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले छानबिन गर्ने बताएका छन्।

दुवै जना सिनामङ्गस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल पुगेर भर्ना भएका घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए।बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको विमान दुर्घटनाको दुःखद् खवरले स्तब्ध भएको छु । दुर्घटनामा निधन भएका यात्रुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दछु । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।दुर्घटनाको कारण पत्ता लगाउन सरकारले छानविन गर्नेछ ।

को थिए विमानमा?

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा ३७ पुरुष, २८ महिला र दुई जना यात्रु सवार थिए। तीमध्ये ३३ जना नेपाली, ३२ जना बांग्लादेशी, एक जना चिनियाँ र एक जना माल्दिभ्सका नागरिक भएको बुझिएको छ। धावनमार्गबाट धूँवाको मुस्लो निस्किएको र पछि यात्रुहरूलाई आकस्मिक रूपमा ओह्रल्दै गरेको देखिएको एक जना प्रत्यक्षदर्शी विष्णु सापकोटाले बताए।

सापकोटा उड्न तयार अर्को विमानमा थिए। दुर्घटनापछि केही समय राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए। तीन घण्टापछि विमानस्थलको धावनमार्ग खुलेको राजकुमार छेत्रीले बताए।

दुर्घटनाको छानविन गर्न तत्काल आयोग गठन हुन्छ: प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने जानकारी दिएका छन् ।दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानविनका लागि तत्काल आयोग गठन हुने जानकारी दिए ।

उनले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले गर्ने पनि बताए । उद्धारमा तदारुकताका साथ खटिएका नेपाली सेनालगायत कर्मचारीको प्रशंसा गर्दै उनले घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न खोजेको तर, उनी मुलुक बाहिर रहेकाले सम्पर्क हुन नसकेको पनि जानकारी दिए ।
Nepali News

Similiar Post