Monday, June 18

विमान दुर्घटना भै ठुलो क्षति भएपछि बंगलादेशले नेपालमाथि लगायो यस्तो गम्भीर आरोप !

काठमाडौं। नेपालको एयर ट्राफिक कन्ट्रोल(एटिसी)ले गलत सूचना दिंदा आज विमान दुर्घटना भएको युएस बं‌गला विमान कम्पनीले दाबी गरेको छ।

विमान दुर्घटना भएको केही समयपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत इमरान आसिफले त्रिभूवन विमानस्थलको एटिसिले गलत सूचना दिएका कारण विमान दुर्घटना भएको दाबी गरेका हुन्।

‘एटिसीले हाम्रा पाइलटलाई मिस गाइड गर्यो, उनीहरुले रनवेमा कहाँ ल्याण्ड गर्ने भन्ने सहि सूचना पाएनन्,’ उनले भने।विमानमा कुनै पनि प्राविधिक गडबढी नभएको दाबी गर्दै उनले भने, ‘हाम्रो जानकारीअनुसार दुर्घटनामा एटिसीको लापरवाही छ, हाम्रा पाइलटको तर्फबाट होइन।’

तर नेपालको एटिसिले भने चेतावनीका वावजुद विमानले गलत ठाउँबाट ल्याण्डिङ गर्दा विमान दुर्घटना भएको दावी गरेको छ।

समयमा अवतराण हुन नसकेको कलसाइन एस २–एजीयू विमान दिउँसो २ बजेर १८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्तर–पूर्व रनवे बाहिर दुर्घटनाग्रस्त भएको हो। सो जहाजले गलत दिशातर्फबाट अवतरण गर्दा दुर्घटनाग्रस्त भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए। ‘जहाज विमानस्थलको दक्षिणतर्फ कोटेश्वरबाट अवतरण गर्न लाग्दा समस्या आएपछि उत्तरको गुहेश्वरीबाट अवतरण गर्न खोजेको थियो’, क्षेत्रीले सञ्चारकर्मीसँग भने, ‘अर्को दिशाबाट अवतरण गर्न खोज्दा पाइलटले ब्यालेन्स गर्न नसकेपछि विमान दुर्घटना हुन पुग्याे।’

अवतरण गर्नु पहिले पाइलर्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा सम्पर्क गर्दा विमानस्थल उत्तर तर्फबाट ल्यान्ड गर्न सुझाब दिएका थिए। टाबरको सुझाब नमान्दा दुर्घटना भएको उनले दाबी गरे। पाइलट—एयर ट्राफिक कन्ट्रोल सम्वादमा पनि विमान चालक अलमलिएकाे सुनिएकाे छ। एटिसीले विमान दुर्घटना पूर्व चालकदलसँग गरेको संवादको अडियो रेकर्ड समेत सार्वजनिक गरेको छ।

from emechi.com

Similiar Post