Wednesday, November 21

पहिलै थाहा थियो अमिताभलाई श्रीदेवीको मृत्युको खबर : २० मिनेट अघि गरेका थिए यस्तो ट्वीट !

एजेन्सी । शनिबार राति बलिउड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण निधन भएको छ। निधन भएपछि बलिउड स्टारहरुले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। तर महानायक अमिताभ बच्चनको एक ट्वीट अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ।

अभिनेत्री श्रीदेवीको निधन हुनुअघि नै अमिताभ बच्चले उक्त ट्वीट गरेका थिए। उनले ट्वीट् गर्दै लेखेका छन्, ‘थाहा छैन किन मलाई एक अनौँठो भान भइरहेको छ।’ अमिताभ बच्चनको यो ट्वीटको केही समयलगत्तै अभिनेत्री श्रीदेवीको निधन भएको थियो। केही समयपछि संजय कपुरले श्रीदेवीको मृत्यु भएको खबर पुष्टी गरे।

एक व्यक्तिले अमिताभ बच्चनको ट्वीटमा रिप्लाई गर्दै गर्दै लेखेका छन्, ‘अमिताभ सरले जसरी यो ट्वीट शेयर गर्नुभयो, त्यसको २० मिनेटपछि श्रीदेवीको मृत्यु भयो।’
source:Nepali News

Similiar Post