Monday, June 18

दुबईमा यि नेपाली चेलीको कमाल , १२ सयमा दुबइ पुगेकी उनी अहिले कमाउछिन महिनाको ५५०० ,हेर्नुहोस् यस्तो रहेछ कारण !

विमला भट्ट मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु ।मलाई रोजगारीका लागि विदेश जाने इच्छा थिएन । तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन २००९ अगस्ट ९ मा दुबई गएँ ।काठमाडौको मुनड्रप्स म्यानपावरमा एकाउन्टेन्टका लागि आफ्नो डकुमेन्ट छोडेको थिएँ । पढाईतिर ब्यस्त भएकाले मैले चासो पनि दिइन उताबाट पनि कुनै प्रतिक्रिया आएन ।

एक वर्षपछि एक्कासी फोन आयो, दुबईको सेको कम्पनीबाट होटल वेट्रेसको डिमान्ड आएको रहेछ । जानका लागि कत्ति पनि खर्च नलाग्ने र खान बस्न पनि पाइने रहेछ । मैले वेट्रेसमा जान्न भनें । म्यानपावरका मोहित थापाले अफिसमा नै बोलाउनुभयो । उहाँले मलाई सबै कुरा बताउनुभयो । त्यहाँको पुरै भिजुअल पनि देखाउनुभयो । त्यहाँ रक्सी खान नपाइने रहेछ, केटी मान्छेलाई सुरक्षित पनि रहेछ ।

मेरो आर्थिक अवस्था पनि निकै कमजोर भइसकेको थियो । यसो सोच्दा ठिकै जस्तो लाग्यो । मैले खर्च कति लाग्छ भनेर सोधें । उहाँले पैसा लिँदैनौं भन्नुभयो । म त्यतिबेला बिबिएस तेस्रो वर्षको परीक्षा दिएर बसेकी थिएँ ।

आर्थिक अवस्था कमजोर भएकाले मैले विदेश नै जाने निर्णय गरिसकेको थिएँ । बरु त्यहाँ गइसकेपछि कसरी सुरक्षित हुन सक्छु भन्ने मात्रै सोचें । मेरो सुरक्षाका लागि म्यानपावर र काम दिने कम्पनीले के के गर्छ भन्ने पनि बुँझे ।हामी ८ जना सँगै गएका थियौं । मैले कम्पनीलाई जम्मा १० हजार दिएको थिएँ । मसँगै जाने अरु साथीहरुसँग भने कम्पनीले ८०/९० हजारसम्म लिएको रहेछ । मैले धेरै कुरा बुझ्न खोजेको शैक्षिक योग्यता पनि राम्रो भएकाले मसँग पैसा नलिएको थाहा पाएँ ।

त्यहाँ गइसकेपछि हाम्रो काम र तलबमा फरक भने परेन । ८ घण्टा काम र १२ सय दिराम तलब दिने भनिएको थियो । गएको तीन दिनमा मलाई सुपरभाइजरले बैंकेट हलमा लिएर जानुभयो । त्यहाँ सर्भिस गर्ने क्रममा गेस्टहरु निस्किसक्नुभएको थियो, दुई/तीनजना मात्रै हुनुहुन्थ्यो । त्यो समय रमादानको थियो । दुबईको पे्रसिडेन्टले रमादानको शुभकामना दिएको दृश्यहरु टेलिभिजनमा देखाइएको थियो । मैले त्यतिबेला झलक्क आफ्नो देश सम्झिएँ ।

टिभी हेर्न पाउँदिन भन्ने मलाई थाहा थिएन । त्यतिबेला एक जना महिलाले मलाई हातले इसारा गर्नुभयो । तर मैले उहाँको इसारा बुझिन र बाहिर निस्किएँ ।तर उहाँले सेक्युरिटी मेनेजर समक्ष मेरो बारेमा कम्प्लेन गर्नुभएछ । उहाँले त्यो टिभी अघिको केटा मान्छे आफ्नो श्रीमान भएकाले त्यता नहेर भन्नुभएको रहेछ । त्यो थाहा पाएर मलाई दुख लाग्यो । सेक्युरिटी म्यानेजरले ड्युटीमा हुँदा टिभी हेर्न हुँदैनथ्यो, अब सरी भन भन्यो र म सरी भनेँ ।

त्यहाँको नियम पनि नराम्रो होइन । टिभी हेर्दा मैले जुन आरोप खेपेँ त्यहाँबाट मैले शिक्षा पनि पाएँ । कतिपय अवस्थामा घर मालिक र हाउसमेडबीच द्वन्द्व पनि यही कारणले हुँदो रहेछ ।हामीलाई ड्युटी आवरमा पत्रपत्रिमा पढ्ने, टिभी हेर्ने छुट थिएन । ड्युटी सकिएपछि भने टिभी हेर्न पाउँथ्यौं । बस्ने ठाउँमा नै टिभी थियो । हामी विभिन्न देशका मानिसहरु सँगै बस्थ्यौं । म समाचारमा अलि अपडेट हुन चाहन्थें । मलाई चाँही नेपालमा समाचारमा पढेको जस्तो महिलाहरु खाडी देशमा कसरी असुरक्षित हुँदा रहेछन् भन्ने कुरा जान्न मन लाग्यो ।

काम गर्दागर्दै पढेर एमबिए पास गरेँ
मैले त्यहाँ पत्रिका लुकाएर राति सुत्ने बेलामा पढ्थेँ । त्यहाँ एउटा विज्ञापन देखेँ । जागिर खाइरहेकाहरुले पनि पढ्न पाउने व्यवस्था थियो । मैले त्यहाँ गएर एमबिए भर्ना भएँ ।

पहिल्यै काम गरिरहेकाहरुले मलाई पागल भने । मैले त्यहीको अर्को इन्ष्टिच्यूटमार्फत एमएस विश्वविद्यालय एमबिए पास गरेकी हुँ । बिहीबार राति ३ बजेसम्म ड्युटी गरेर शुक्रबार विहान क्लास लिन जान्थें । शुक्रबार एक दिनमात्रै क्लास हुन्थ्यो । कलेज जान २ वटा बस फेरेर जानुपर्थ्यो । शुक्रबार सबै नमाज पढ्न जान्थे । पसलहरु पनि बन्द हुन्थ्यो । ट्याक्सी चढ्न क्षमता थिएन । म त्यो गर्मीमा आधा घण्टा हिँडेर जान्थें ।

म पानी समेत नपिइ बस स्टेशनसम्म जान्थें । म अचेत अवस्थामा बसमा पुग्दा ड्राइभरहरुले पानी किनेर समेत खुृवाएका छन् । त्यो अवस्थामा पनि मैले पढ्न छोडिन । तर कलेज पढ्न थालेको तीन/चार महिनामै मेरो प्रमोशन भयो । १२ सयको तलब बढेर एक वर्षभित्रै ५५ सय दिराम पुग्यो ।अहिले म गैर आवासीय नेपाली संघ (एनआरएन) महिला सब कोअर्डिनेटर पनि हुँ । मैले कुवेत र ओमनको भ्रमण गरेको छु । दुबईमा हामी हरेक शुक्रबार हाउसमेड महिलाहरुसँग कुरा पनि गर्थ्यौं । उहाँहरुको समस्या बुझेर समाधानको पहल पनि गरेका छौं ।

विदेश गएका नारीलाई नेपालमा राम्रो दृष्टिकोणले हेरिदैन । यसले महिलाहरुलाई धेरै नै अवसरबाट बञ्चित गरेको छ । मैले पनि धेरै कुरा सोचें कि समाजले मलाई यो भन्छ, त्यो भन्छ भनेर ।मलाई पछाडि हटाउन खोज्ने मेरै समाज हो । तर अहिले म मेरो समाज भन्दा धेरै अघि बढिसकेको छु । त्यसैले तपाईंलाई समाजले अघि बढ्नबाट रोक्न खोज्छ भने त्यसको बेवास्ता गर्नुस् ।

आफै सचेत भए दुख पाइदैन विदेशमा काम गर्न जाँदा कतिपय कुराहरु नेपालबाट जाँदैमा दिदी बहिनीले सुधार्नुपर्ने हुन्छ भने कतिपय कुरा चाँही आफ्नो काबु बाहिरको हुन्छ । हामी जसरी प्रस्तुत हुन्छौं, हामीले पाउने व्यवहार पनि त्यस्तै हुन्छ ।उहाँहरुले लगाउने पोशाकले पनि कहिलेकाँही समस्या ल्याउँछ । साउदी, कतारमा त बुर्का अनिवार्य छ । अभद्र ड्रेस लगाउँदा केटाहरु आकर्षण हुने जस्तो देखिन्छ । कतिपय दिदी बहिनीहरुले घरबेटीलाई खुशी पार्न पाए मेरो प्रमोशन हुन्थ्यो भनेर पनि त्यस्तो गरेको देखिन्छ ।

घरमा काम गर्ने र मालिक एउटै बन्द कोठाभित्र हुँदा सानो कुरामा पनि छिटो रिसाइदिन्छौं । हामीले केही सहनुपर्छ । त्यसरी घरबाट निस्किँदा बाहिरी व्यक्तिबाट आक्रमणमा पर्ने समस्या देखिन्छ भने घर छोड्दा मालिक अझै बढी शक्तिशाली हुनसक्छ । त्यसैले सकेसम्म काम गर्ने घरबाट बाहिर नभागौं ।अन्य खाडी मुलुकको तुलनामा दुबई धेरै नै सुरक्षित मुलुक हो । हामी नेपालबाट सबै प्रक्रिया पुरा गरेर गयौं भने समस्या पर्दैन । हामी गैरकानुनी तरिकाबाट पनि जान्छौं । नेपालमै त कति जनाले आफ्नै छोराछोरी बेचिदिन्छन् भने विदेशमा त झन् के भर ?

आफन्त भन्दैमा सबै कुरामा भरोसा गरेर विदेश जानुहुँदैन । हामीले कानुनी प्रक्रिया पुर्‍याउनैपर्छ । विदेशीको र हाम्रो आचरण नमिल्न सक्छ । नेपालमा नै ओरिएन्टेशन क्लास लिएर जानुपर्छ । दुबईमा विभिन्न सामाजिक संस्था छन् । आफुलाई समस्या पर्‍यो भने ती संस्थाबाट पनि सहयोग लिन सकिन्छ । सुरुमा धेरै गाह्रो हुन्छ । गाली सहेरै भएपनि हामी साम्य हुनुपर्छ । हामीले उनीहरुलाई आफ्नो काम देखाउनुपर्छ ।

दुबईमा काम गर्नेहरु ८० प्रतिशत सन्तुष्ट नै हुनुहुन्छ । यो समाजमा ठुलो भन्ने पुरुषहरुको अगाडि महिलाहरुले अर्काको घरमा भाँडा माझेरै भएपनि कमाएको पैसाले धेरै बच्चाले शिक्षाको अवसर पाएका छन् ।अफिसियल काममा जानेहरुका लागि त अझ धेरै राम्रो अवसर छ । नेपालमा शिक्षा अनुसारको जागिर पाउन सक्दैनौं तर त्यहाँ तपाईं सक्षम हुनुहुन्छ भने त्यहाँ महिला पुरुष भन्ने हुँदैन ।

विदेशमा पुरुष दाजुभाइले पनि गएर दुःख गर्नुभएको छ । उहाँहरुले कमाएको जति पैसा घर पठाउनुहुन्न । तर महिलाहरुले भने आफ्नो कमाइ नेपाल पठाएका छन् । पुरुषको तुलनामा महिलाहरु घर परिवारप्रति धेरै उत्तरदायी छन् । सरकारले पनि कुनै देश जानबाट बन्देज गर्नुभन्दा पनि समस्या के हो र त्यसको हल कसरी गर्न सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ ।
साभार: सत्यसमाचार

Similiar Post