Saturday, December 15

प्रकाश दाहालले स्वर्गबाट पठाएको एउटा अनौठो–पत्र नेपालीका नाममा !

परमआदरणीय नेपाल आमा र नेपाली आफन्तहरु,
हार्दिक नमन !
तमाम कमजोरीहरुलाई आर्यघाटमा खरानी बनाएर आएँ म यो अलकापुरीमा । यतिखेर आफ्नै दिदीको न्यानो काखमा छु । यति छिट्टै भीसा लाग्ला भनेर सोचिएन, कसले पो सोच्छ र ?
म एउटा सामान्य मानिस, तर असामान्य जीवन ज्यूँने परिबन्धमा पारिएँ । सफाइमा अब भन्नु केही छैन, किनकि मेरो ‘अनन्य यात्रा’ नै सबैभन्दा ठूलो ‘डिटरजेन्ट’ भएको हुनुपर्दछ ।

मानव सभ्यताको विकासको क्रममा युद्ध कहाँ भएन ? यसो भनेर म युद्धको वकालत गर्नतिर लागेको होइन । मेरो पिताश्री, जो ‘राजकृष्ण कँडेल’जस्ता पवित्र तर कडा गुरूको शिष्य हुनुभयो, बहुत सरल र इमान्दार नागरिक हुनुहुन्छ । बडो भावुक हुनुहुन्छ ।

‘छविलाल–पुष्पकमल हुँदै प्रचण्ड’सम्मको रुपान्तरणमा उहाँलाई संसारले कसरी बुझ्यो ? हामीलाई कसरी बुझ्यो ? यो संसारको लीला अपरम्पार ! हो, हामी पूरै परिवार जनयुद्धमा होमियौँ । त्यो जनयुद्ध अनिवार्य थियो ? कि कसले भड्कायो हामीलाई ? के हामी गन्तव्यसम्म पुग्न सफल भयौँ ?

तमाम शहीदहरुको शहादत सार्थक भयो त ? पञ्चायतकालमा भन्दा यो २८ वर्षमा आमनेपाली जनताले राहत अनुभूत गरे त ? दोषी हौँ हामी ? अपराधी वा आतयायी हौँ हामी ? नेपाली समाजमा अन्याय छैन ? अत्याचार छैन ? भ्रष्टाचार छैन ? छुवाछूतको अन्त्य भएको छ ? समाजमा विभेद छैन ?
बाबुराम अंकलको ज्ञानले बाटो बिराएझैँ हो त ? हामीमाथि पटक–पटक अनेक आरोप लगाइयो ? ‘प्रचण्डपुत्र’ र ‘प्रचण्डपुत्री’ भनेर खेदो खनियो ।

तर हामीले ज्यानको बाजी लगाएर परिवर्तनका लागि गरेको बलिदानलाई न्यूनीकरण गरियो । म कति तनावमा रहेँ भन्ने कुरा मलाईमात्र होइन, म नजिक आउने मेरो दमालीहरु सबैलाई थाहा छ ।
‘प्रकाश’ नाम भएर पनि उज्यालो जीवन ज्यूँन नपाएझैँ भयो । बहुत शक्तिशालीझैँ देखिने हाम्रो परिवार एक एक गर्दै ‘अकाल–काल–ग्रास’ हुन पुगियो । भनिएला ‘लाखौँ मानिसको मन दुखाएको यो गरेको, त्यो गरेको, १७०००, १७०००, १७००० ….. उफ……. के नेपालमा आजसम्म जति नेपाली अकालमा ज्यान गुमाउन पुगे त्यसको कारण जनयुद्ध र कमरेड प्रचण्डमात्रै हुन् ?’ Source:Tattato Khabar

Similiar Post