Monday, June 18

मृगौला सम्बन्धी रोग लागेको छ भने पुदिनालाई यसरी प्रयोग गर्नुहोस् !

मृगौलासम्बन्धी रोग लागेका मानिसहरुलाई धेरै प्रकारको समस्याहरु भोग्नुपर्ने हुन्छ । उनीहरुलाई खाना नपच्ने, लगातार स्वास्थ्य अवस्था बिग्रँदै जाने तथा कमजोर महशुस गर्नु जस्ता समस्या हुन्छन् ।

लक्षणहरु :

मृगौला खराब हुने प्रकियामा मुखमा एक प्रकारको तत्व अमोनिया उत्पादन हुन्छ जसले मुख गन्हाउँछ ।
छालामा समस्या आउँछ ।

विशेषगरी आँखाको तल्लो भागको छाला बढी प्रभावित हुन्छ । छालाको रङ उडेर जान्छ । कहिलेकाही त सेतो दाग समेत देखा पर्छ ।

कहिले त मृगौलामा यस्तो जाम हुन्छ कि पानी पनि पच्दैन । पिसाबमा रगत देखिनु ।

मृगौला खराब हुँदै गएमा शरीरमा जम्मा भएका पानी र नुन बाहिर निस्कन पाउँदैन, जसको कारण शरीर विभिन्न अंगहरु सुनिन्छन् ।

मृगौलाले विकार वस्तुहरु छान्न नसकेपछि रगतमा नुनको मात्रा बढ्न थाल्छ र रक्तचाप पनि क्रमश: बढ्दै जान्छ । यदि तपाईको मृगौला बिग्रने क्रममा छ भने यस प्रकारको घरेलु विधि अपनाउनुपर्ने हुन्छ ।

आवश्यक सामग्री :

एक मुठी पुदिनाको पात
१/३ कप कागतीको रस
१/२ कप सुन्तलाको रस
१ कप पानी
मह (स्वादका लागि )

विधि :

पानी उमाल्नका लागि बसाल्नुहोस् ।

पानी उम्लने बेला भएपछि त्यसमा पुदिनाको पात हालेर पाँच मिनेट उमाल्नुहोस् ।

पुदिना र पानीलाई पाँच मिनेट उमालेपछि १० मिनेटसम्म सेलाउन दिनुहोस् ।

अब त्यसमा कागती र सुन्तलाको रस राखेपछि मह मिसाउनुहोस् । तपाईको मृगौला स्वस्थ राख्नका लागि चाहिने तरल पदार्थ तयार भयो ।

तयार भएको मिश्रण सेवन गर्नुहोस् । यसले तपाईको मृगौलालाई मात्र नभई अन्य रोग निवारणका लागि पनि सहयोग गर्छ ।

Similiar Post