Monday, July 16

माग्नेबुढाकी काली बुढी आमा २ करोडकी मालिक ? छोराछोरी पनि आए मिडियामा

काठमाडौं । चलचित्र ‘छक्का पन्जा’बाट काली बूढी पात्रको चर्चा चुलियो। माग्ने बूढाको आमाको भूमिका निर्वाह गरेकी ती ‘काली बूढी’ शारदा ग्रिरी हुन् ।

शारदा गिरीलाई अहिले पनि बाटोमा हिड्दा ‘काली बूढी’ भनेर बलाउँछन् भने केहीले ‘तपाईंको छोरा माग्ने बूढा होइन ? भनेर सोध्छन्। उनलाई दर्शकले ‘काली बूढी’ भनेर बोलाउंदा समेत खुशी लाग्छ। उनका अनुसार, यो उनको सफलता हो।

शारदाका छोरा, छोरी तथा ज्वाईंले समेत उनका चलचित्र हेर्ने गर्छन् र उनको अभिनय क्षमता प्रति गर्व गर्छन् । तर, उनका कुनै पनि सन्तान कलाकारितामा छैनन् । शारदाका अनुसार, उनीहरु आ-आफ्नै पेशामा व्यस्त छन्।

शारदा गिरिले आमाको भूमिका निभाएको अर्को चलचित्र ‘अमेरिका ब्वईज’ शुक्रबार देखि प्रदर्शनमा आएको छ। चलचित्रमा आमा-बुवा र सन्तानबीचको सम्बन्धलाई लिएर राम्रो संदेश दिन खोजिएको उनी बताउँछिन्। चलचित्रमा उनी २ करोडको मालिकको रुपमा चर्चित बनेकी छिन्।

चलचित्र ‘अमेरिका ब्वईज’ मा सन्दीप क्षेत्री, अर्पण थापा, आशिष प्रसाई, कामेश्वर चौरसिया, सृष्टि कार्की, अभय बराल लगायत कलाकारले अभिनय गरेका छन्।

स्रोत:dcnepal

Similiar Post